आर्थिक

कुमारी बैंकको बिगमार्ट र दराजसँगको १०% छुट प्रावधान

काठमाडौं । कोरोनामहामारीका काणर देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राख्दै कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टम खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०% या अधिकतम ५ सय सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।

उक्त योजना सीमीत अवधिका लागी मात्र लागू हुने बैंकले बताएको छ । सो सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झट बिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायतएलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको बताएको छ ।