सामाजिक सञ्जाल

राष्ट्रपतिलाई धनराजका ४ कटाक्षः भन्छन्, ‘सरकारले माहामारीमा यस्ता गल्ती गर्दैछ’

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले राष्ट्रपति बिद्यादेवी भण्डारीको सम्बोधनमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण रोकथामका बिषयमा राम्रो काम गरेको बताएकोप्रति कटाक्ष गरेका छन् । उनले चार बुँदामा कटाक्ष गर्दै भनेका छन्, ‘१)कोरोना फ्री जोन कदम, २)कोरोना भ्रष्टाचार कदम, ३) सेना शरणम कदम। ४)सिमानाकामै आफ्ना नागरिकलाई रोकेको कदम, आदी।’ नेता गुरुङले दार्चुलामा नेपालीहरुलाई भारतबाट आउन नदिएके तस्विर राख्दै कराकार र राष्ट्रपतिलाई दर्दनाक दृष्यसमेत पोष्ट गरेका छन् ।

उनको स्टाटस्ः कोरोना बिरुद्व सरकारले राम्रो कदम चालेको महामहिम राष्ट्रपतिज्युले देख्नु भएछ। तर जनताले देखेको,सुनेको र भोगेको यस्तो छः १)कोरोना फ्री जोन कदम, २)कोरोना भ्रष्टाचार कदम, ३)सेना शरणम कदम, ४)सिमानाकामै आफ्ना नागरिकलाई रोकेको कदम, आदी। दार्चुलामा नेपालीको हालत यस्तो छ है महामहिमज्यु।