राजनीति

महामन्त्री खड्काको सरकारलाई चेतावनीः अब अति भए खति हुन्छ

चैत्र २२ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री पुर्णबहादुर खड्काले मुलुकमा विभिन्न सरकारका विभिन्न बिबादीद कार्यहरु भैरहँदा प्रधानमन्त्री जनताको माझमा नआएको भन्दै आपत्ति जनाएका छन् ।

प्राणघातक भाईरस कोरोनाले विश्वलाई नै आक्रान्त पारिरहेका बेला नेपालमा भने यसैको मौकका छोप्दै सरकारमा बस्नेहरुले विभिन्न बिादित कार्य भ्रष्टाचार, लुटपाट, जस्ता कार्य गरिहँदा सरकारको नेतृत्न गर्ने प्रधानमन्त्री केपीशर्मा ओली भने मौन बसेका छन् ।

नेता खड्काले सरकार यत्रो बिबादको घेरामा परेको बेलामा मुलुकको बर्तमान परिस्थितिको बारेमा सरकारकोे भनाई, योजना र धारणा सहित प्रधानमन्त्रि जनतासामु आउनु पर्दैन भन्दै प्रश्न गरेका छन् ।

उनले ट्वीटमा यस्तो लेखेका छन्ः जनउत्तरदायि सरकारको हाम्रो पद्धति कता हराउन थाल्यो ? अब अति भो ! धेरै अति भए खति हुन्छ है ! चेतना भया ।

उनको ट्वीटः सरकार यत्रो बिबादको घेरामा परेको बेलामा ? मुलुकको बर्तमान परिस्थितिको बारेमा सरकारकोे भनाई, योजना र धारणा सहित प्रधानमन्त्रि ज्यु, जनताका सामु आउनु पर्दैन ??????? जनउत्तरदायि सरकारको हाम्रो पद्धति कता हराउन थाल्योरुअब अति भो ! धेरै अति भए खति हुन्छ है ! चेतना भया !