मनोरञ्जन

बरिष्ट गीतकार अम्बिका गुरुङको मारुनी सार्बजनिक (भिडियो सहित)

काठमाडौं । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गित मारुनीू को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ । प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोलाई बिकाश लामाको सम्पादन रहेको छ भने भिडियोमा मोडल स्निता गुरुङ र दोमिनिक लेप्चालाइ फिचर्ड गरिएको छ ।

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् ।

गितको भिडियो हेर्नुहोसः