अन्तर्राष्ट्रिय

कोरोनाकाः अमेरिकामा भयावह अवस्था बन्दै, २४ घण्टामा १३ सय ३० को मृत्यु

काठमाडौं । चीनको उहानबाट फैलिएको कोरोना भारईरसले शक्तिराष्ट अमेरिकामा भयावह रुप लिँदै गएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा ७ हजार ३९२ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय ३० को मृत्यु भएको छ ।

अहिले २ लाख ५७ हजार ४८६ जना कोरोना संक्रमित छन् । ३२ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १२ हजार २८३ कोरोना संक्रमित उपचार पछि स्वस्थ भएर फर्किएका छन् ।