सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः सरकारी लेखनदासले लेखेको भजन पढ्न लगाएर राष्ट्रपति पदको दुरूपयोग

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले राष्ट्रपति भण्डारीको अभिव्यक्ति प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले सरकारको प्रभावकारी कदमले कोरोना फैलन पाएन भन्ने भण्डारीको अभिव्यक्तिको अण्डन गर्दै  काममा ढिलासुस्ती, स्वास्थ्य सामग्रीमा ओम्नी पार्टनरसँग मिलेर हाकाहाकी लूट, ७० दिनमा जम्मा १ हजार २ सय ७७ को परीक्षण यही हो सरकारको प्रभावकारिता भन्दै प्रश्न गरेका छन् ।

साथै उनले सरकारी लेखनदासले लेखेको भजन पढ्न लगाएर राष्ट्रपति पदको दुरूपयोग भएको भन्दै आपत्ती जनाएका छन् ।

शुक्रबारमात्रै एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारको प्रभावकारी कदमले कोरोना फैलन नपाएको भन्दै सरकारी कदममा साथ दिन सबैलाई आग्रह गरेकी थिईन ।

उनको ट्वीटः राष्ट्रपतिले भनिछन्स सरकारको प्रभावकारी कदमले कोरोना फैलिन पाएन । काममा ढिलासुस्ती, स्वास्थ्य सामग्रीमा ओम्नी पार्टनरसँग मिलेर हाकाहाकी लूट,७० दिनमा जम्मा १२७७ को परीक्षण – यही हो सरकारको प्रभावकारिता रु सरकारी लेखनदासले लेखेको भजन पढ्न लगाएर राष्ट्रपति पदको दुरूपयोग, हैट् !