अन्तर्राष्ट्रिय

कोरोना संक्रमीतको संख्या ११ लाख नजिकः ५९ हजार वढीको मृत्यु (अपडेट)

काठमाडौं । चीनको उहानबाट सुरु भएको प्राणघातक भाईरस कोरोनाले विश्वभरी करिब ११ लाखलाई संक्रमीत बनाएको छ । आजसम्म विश्वभरी १० लाख ९७ हजार ८ सय १० पुगेको छ । भने संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार १ सय ४० पुगेको छ । चीनबाट फैलन सुरु गरेको भाईरस हाल २ सय २ देशमा पुगीसकेको छ ।

अहिलेसम्म १० लाख ९७ हजार ८ सय १० जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै १३ सय १४ जनाको ज्यान गएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । यस्तै इटलीमा सबैभन्दा धेरै साढे १४ हजारभन्दा धेरै, स्पेनमा ११ हजारभन्दा धेरै, फ्रान्समा साढे ६ हजार भन्दा धेरै, इरानमा ३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ९ सय ६६ जनाको ज्यान गएको छ भने ८१ हजार ८ सय १७ जना नयाँ विरामी थपिएका छन् ।

यसैबीच भारत मध्य प्रदेशको टाटपट्टी बाखलमा कोरोना संक्रमितको उपचारका लागि पुगेको चिकित्सकको टोलीमाथि आक्रमण भएको छ । कोरोना संक्रमितको संखया बढ्दै गएपछि उपचारको लागि पुगेको डाक्टरको टोलीलाई स्थानीयले ढुंगामुडा गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोना संक्रमणका कारण ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच कोरोनाको हल्का लक्षण अझै देखिएको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनन अझै केहही दिन सेल्फ आइसोलेशनमा बस्ने भएका छन् ।