आर्थिक

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

चैत २१, काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेकोले, यहाँहरुको सुरक्षाको लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाई सनराइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री पीपीइ हस्तान्तरण गरेका छन् ।

यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीइ हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री श्री नवल कुशोर साहज्यूलाई हस्तान्तरण गरेका छन् ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीइ उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।