राजनीति

स्थानीय तहमार्फत गरिब जनतासम्मराहत सामग्री पु¥याउन महामन्त्री कोइरालाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन् । महामन्त्री कोइरालाले आज एक विज्ञप्ति जारी गर्दैै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोबेल कोभिड–१९ सँग जुध्न सरकारले गरेका प्रयत्नलाई परिणामुखी बनाउन आग्रह गरेका हुन् । “लकडाउनलाई अझै बढी प्रभावकारी बनाउन यसको उदेश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी छ”, महामन्त्री कोइरालाले भने।

महामन्त्री कोइरालाले सरकारले हालसम्म कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको भन्दै प्रभावकािरता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेकाले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । “अतिआवश्यक स्वास्थ्य उपकरणको खरिद प्रक्रिया विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाण सञ्चारमाध्यमबाट आइरहेकाले यसको बारेमा निष्पक्ष छानबिन हुनुपर्छ”, महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले अहिलेको समयमा आकस्मिक सेवा पाउनुपर्ने बिरामीले समेत समयमा उपचार नपाएको भन्दै यस्ता बिरामीप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आयस्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर व्यवहारमा उतार्न सरकारलाई आग्रह गरेका छन्। स्थानीय निकायमार्फत तत्काल राहत सामग्री गरिब जनतासम्म पु¥याउनुपर्ने उनको भनाइ छ ।

महामन्त्री कोइरालाले विश्वभर रहेर नेपाल फर्कन चाहेका नेपाली नागरिकलाई कूटनीतिक पहलमार्फत स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । उनले लकडाउनमा घरभित्र बसेका जनतालाई सङ्क्रमणको कुनै आशङ्का देखिए घरबाटै सावधानीपूर्वक परिक्षण केन्द्रसम्म पु¥याउने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । महामन्त्री कोइरालाले स्वास्थ्यप्रति सचेत रहँदै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन देशवासीलाई आग्रहसमेत गरेका छन् ।

सामाखुशी क्षेत्रका २९७ परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ महानगरपालिकाले गोँगबु सामाखुशी क्षेत्रका २९७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । काठमाडौँ महानगरपालिका–२६ वडाले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यान दिएर सरकारले लकडाउन गरेपछि दैनिक मजदूरी गर्दै आएका विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले २६ वडामा बसेर दैनिक मजदूरी गर्दै आएका विपन्न २९७ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए । खाद्यान्न राहत लिनेमा ठमेल, लैनचौर, नयाँ बसपार्क, म्हैपी, रानीबारी क्षेत्रमा बसेर मजदूरी गर्ने रहेका छन् । वडाले उनीहरुलाई चामल, दाल, आलु, नुन, तेल, प्याज र च्यूरा वितरण गरेको हो ।

सरकारले लकडाउन गरेपछि काठमाडौँ महानगरपालिकाले आजदेखि राहत मापदण्ड तयार गरी ३२ वटै वडामा कार्यरत गरिब तथा मजदूर किसानलाई राहत वितरण गर्दै आएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६ ले ५०० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले बिहीबार ३०० र आज २०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको जानकारी दिए । काठमाडौँ १६ वडाले जनजाती टोल बालाजु, बाइपास, वनस्थली क्षेत्रमा खाद्यान्न वितरण गरेको छ ।