आर्थिक

कामना सेवाले हस्तान्तरण गर्यो एक लाख बराबरको राहत सामाग्री

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमावितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमाउक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथाउप–प्रमुख सुशीलामिश्र भट्ट मार्फत हस्तान्तरण गरेका छन् । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रतिउप–महानगरपालिकातथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिदै उक्त सामग्रीउप–महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फ वितरण गरिने बताए ।

हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिकज्यालामजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहतमिल्ने विश्वास बैंकले लिएको छ ।