राजनीति

यो बेला अप्ठ्यारोमा नपर्ने को नै होला र ? भन्दै गगनले बाँड्न थाले रहात

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले आज कोरोना त्रासबाट पीडित भएकाहरुलाई काठमाडौंको वडा नम्बर ३० मा राहत बितरण गरेका छन् । उनले यो बेला त अप्ठेरोमा नपर्ने को नै होला र ? भन्ने स्टाटस् हाल्दै छाक टार्न सकिरहेकोले पनि राहत लिन हात थाप्ने हो भने जसको चुलो निभेको छ उनीहरू प्रति अन्याय हुन्छ भन्दै आजबाट राहत बितरण शुरु भएको जनाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का साँसद समेत रहेका नेता थापाले यो विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ, लिन नपर्नेले नलिएर मद्दत गरौँ भन्दै राहत बितरण गरेका छन् ।

उनले राहत बाँडेपछि राखेको सामाजिक सञ्जालको स्टाटस्ः

काठमाडौँ महानगरपालिका वडा नं.३० मा राहत वितरण प्रारम्भ:

यो बेला अप्ठ्यारोमा नपर्ने को नै होला र ?
तर छाक टार्न सकिरहेकोले पनि राहत लिन हात थाप्ने हो भने जसको चुलो निभेको छ उनीहरू प्रति अन्याय हुन्छ।

त्यसैले यो विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ, लिन नपर्नेले नलिएर मद्दत गरौँ।