आर्थिक

२२ बैंक/२६ बटा फाईनान्स अलिको कम्पनीबाट जोखिमा छन्, तत्काल कारबाही होस्ः डा. कोईराला

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलिको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौ प्रेस’को समाचार साईटबाट हटाईएको वा ह्याक गरेको बिषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
डा कोईरालाले एक प्रेश विज्ञप्ती जारी गर्दै संसारमै नहुने यस्तो बिरलै घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना भएको जिकिर गरेका छन्। उनले संसारमा कहिं र कतैपनि प्रकाशित समाचारलाई लिएर बिमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई आफ्ना सूचना प्रबिधि बिज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो घटनामा संलग्न दोषीहरूमाथी कारबाही गरिनुपर्छ। सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनु पर्छ।’

डा कोईराला भन्छन्, ‘निज अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्बजनिक भएको छ।भोली यसरी नै सिरान टेक्लोनोजीले झै सूचना प्रबिधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैकमा रहेको अर्बौ रूपैया तलमाथी गरे त्यसको परिणाम के हुन्छ? समाचार साईट ह्याक गर्नैको हातमा २२ बटा वाणिज्य बैक र २६ बटा बित्तिय संस्थाको गेटवे हुनुले लाखौ नेपालीले आफ्नो दुख परिश्रम गरेर जम्मा गरेको अर्बौ रूपैयाको जोखिम बढाएको छ। सरकारले तुरून्त यो जोखिमको ब्यबस्थापन गरी उल्लेखित कुनैपनि बैकमा रहेको नेपाली जनताको एक रूपैयापनि जोखिममा नपर्ने सुनिश्चित गर्नुपर्छ।’