राजनीति

पौडेलको ठोकुवाः ओली सरकार जसरीपनि पैसा जम्मा गरी आगामी चुनाव जित्ने रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिक्षीदल नेपाली कांग्रेसका वष्ठि नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लाईभ दिँदै नेता पौंडेलले उक्त प्रकरणमा जो–सुकै व्यत्तिको सहभागीता भएपनि उन्मुक्ति पाउन नहुनेमा जोड दिएका छन् । नेता पौडेलले मुलुकमा कोरोना संकट भैरहँदा स्वास्थ्य समाग्रीमाथि नै भ्रष्टाचार गरेर सरकारले जनताबाट विश्वास गुमाएको बताए ।

साथै उनले जनताबाट विश्वास गुमाएको अवस्थामा फैसाले चुनाव जित्ने दाबीका साथ सरकारले भ्रष्टाचार गर्दै पैसा जम्मा गरेको देखिएको बताए । नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा सेनालाई संलग्न गराएकोमा कटाक्ष गर्दै सेनाले खरिद गर्दा अख्तियारले छानबिन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएकाले अन्य क्षेत्रलाई छाडेर सेनालाई सबै कुराको जिम्मा किन गर्यो सरकारले ? भन्दै प्रश्न गरेका छन् ।

स्वास्थ्य सामाग्री खरिदको सेनालाई ठेक्का पट्टा दिनु सरकारको बेइमानीपूर्ण मनोवृत्ति भएको पौडेलको भनाई छ । नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए ।

नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जीटुजीमार्फत खरिद संभव नहुने बताउने तर मन्त्रिपरिषदले त्यही निर्णय गरेर आम जनतामा दुविधा बनाइदिएको बताए । उनले यो सबै दुविधा कतै स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने आशंका उनको छ ।

बरिष्ठ नेता पौडेलले ईटलीमा ,अमेरिकामा यति मरे भनेर आत्तिने भन्दा संयम भएर आफैंमा अनुशासित हुनुपर्ने बताउँदै कोरोना संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनमा घरमै बस्नु भनेको सरकारलाई भन्दा पनि आफैंलाई सहयोग गर्ने भएको बताए । बाहिरबाट आएका नागरिकहरु अस्पतालको सम्पर्कमा आउनुपर्ने बताउँदै आफूलाई शंका लागेमा लुकाउन नहुने बताए । बाहिरबाट आएका मानिसहरु छन् भने अस्पताल वा प्रशासनमा जानकारी दिन आग्रह गर्दै अतालिएर भन्दा संयम भएर, विवेक पुर्याएर, आत्माबिश्वास कायम गरेर बस्नुपर्ने बताए ।

संघीयता महंगो भयो, खर्चिलो भयो भन्ने कुरा अहिले गलत प्रमाणित भएको भन्दै यस्तोबेला गाउँ गाउँमा क्वारेन्टाईन बनाएर स्थानीय तहर्मै काम हुनाले राम्रो भएको बताए । जनप्रतिनिधिलाई राम्रोसाग प्रशिक्षण गर्न सकेको भए अझै राम्रो हुने जिकिर गर्दै आफूले पनि जिल्ला जिल्लामा आफू सुरक्षीत रहेर जनतालाई सुरक्षीत राख्ने उपाय अपनाउन सल्लाह दिएको बताए ।

भ्रष्टाचार अहिलेको प्रजातन्त्रको सबैभन्दा खतरनाक भएको भन्दै पैसा जम्मा गर्ने निर्बाचन जित्नेमात्र राजनीतिको बिकास भएको भन्दै प्रजातन्त्रलाई नै खतरा हुनेखाल्का गतिबिधि बन्द हुनुपर्ने बताए । उनले भ्रष्टाचरीलाई कारबाही हुनुपर्ने बताउँदै जतिसुकै शक्तीसाली पदको भएपनि भ्रष्टाचार गर्नु नहुने र भ्रष्टाचारीलाई कारबाही गरी समाज समुन्नत बनाउनुपर्ने जिकिर गरेका छन् ।
लकडाउनलाई विबेक प्रयोग गर्नुपर्ने भन्दै सरकारले नागरिकको जिम्मेवारी लिएर बिश्वभरीका नेपालीको सुरक्षाको लागि ध्यान दिनुपर्ने बताएका छन् । आफूले राष्ट्रिय सहमति आवश्यक छ भन्ने कुरा गरेको भएपनि पार्टीहरुले गलत अर्थ बुझेको बताए । उनले आज देशमा अन्य पार्टीहरुको सहयोग आवश्यक रहेको भन्दै सबै सबैको राष्ट्रिय सहमतीमा अगाडी बढ्ने समय आएको बतामए । उनले आम कार्यकर्ता पँक्तीलाई निर्देशन दिँदै आफू जोपिगएर जनतालाई जोगाउन निर्देशन समेत दिए ।