समाचार

ज्वरो आएपछि अस्पताल भर्ना भएकी एक युवतीको मृत्युः कोरोना भए–नभएको पुष्टि हुन बाँकी

भरतपुर । ज्वरो आएपछि अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको हो । तर कोरोना भए नभएको पुष्टि भएको छैन ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा श्रीराम तिवारीका अनुसार मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको आज (शुक्रबार) बिहान ४ बजे निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा तिवारीले बताए ।

मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।