सामाजिक सञ्जाल

मेडिकल सामाग्री खरिदको जिम्मा सेनालाई दिनु ओली सरकार असक्षम भएको प्रमाणः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले मेडिकल सामाग्री खरिदमा सेनालाई प्रयोग गर्नु उपयुक्त नहुने बताएका छन् ।

सामाग्री खरिदको जिम्मा सेनालाई दिनुले केहिपनि काम गर्न नसक्ने, ओली सरकार असक्षम भएको प्रमाणीत भएको उनको दाबी छ ।

सामाजिक सञ्जाल ट्वीटमार्फत अध्यक्ष थापाले सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त नहुने भन्दै सेनाले पनि त्यस्तो जिम्मा स्विकार गर्नु गलत भएको बताएका छन् ।

सरकारको यस्तो कार्यले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्ने बताए । साथै उनले ट्वीटमा लेखेका छन्ः मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं ।

उनको ट्वीटः सार्वजनिक खरीद विक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुंदैन। सेनाले पनि त्यस्तो जिम्मा स्विकार गर्नु हुँदैन । त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ । मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं ।