समाचार

मेडिकल सामाग्री लिएर चीनबाट काठमाडौं आईपुग्यो नेपाल एयरलाईन्को वाइईडवडी जहाज

चैत्र २१ काठमाडौं । चीनबाट सवास्थ्य सामाग्री काठमाडौं आई पुगेको छ । मेडिकल सामाग्री लिन बिहिबार चीनको ग्वाङ्झाओ उडेको नेपाल एयरलाएन्सको वाईडवडी जहाज आज (शुक्रबार) बिहान ३ बजे नेपाल आईपुगेको छ ।

नेपाल एयरलाइन्सको ए ३३० जहाज बिहानपख करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो जहाजमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर, त्यसमा के कति सामान छन् भन्नेबारे अझै खुलाईएको छैन ।

सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए । यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो ।

बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो । त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । यस्तै अहिले सरकारले नेपाली सेनालाई जिम्मा लगाएको छ ।