सामाजिक सञ्जाल

डा भट्टराईको प्रश्नः कोरोना भाईरस गोलीले मार्ने हो र, औंषधि ल्याउने जिम्मा सेनालाई दिएको ?

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष डा बाबराम भट्टराईले स्वास्थ्य उपकरण ल्याउने जिम्मा नेपाली सेनाले पाएकोमा कोरोना भाईरस गोलीले मार्ने हो र औंसधि ल्याउने जिम्मा सेनालाई दिएको भन्दै व्यंग्यात्मक प्रश्न गरेका छन् ।

डा भट्टराईले के वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी–टू–जी विधिबाट पहिल्यै किन नल्याएको भन्दै आक्रोस पोखेका छन् । ओम्नीसंग सम्झौता रद्ध गरेपछि सरकारले बिहिबार चीनबाट औंषधि उपकरण ल्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिईएको छ ।

सामाग्रीमा चरम भ्रष्टाचार भएको र गुणस्तरहिन सामाग्री ल्याएको भन्दै चौतर्फि बिरोध भएपछि ओम्नीसंग सम्झौता रद्ध गरिएको थियो । साथै उनले सेनालाई जिम्मादिनुको कारण के भ्रष्टाचारहुँदापनि अख्तियारको दायरामा पर्दन भनेरहो भनेका छन् । ट्वीटमा भट्राईले अगाडी भनका छन्ः चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?

भट्टराईको ट्वीटः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला१अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होलारु के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्रु जी–टू–जी विधिबाट पहिल्यै किन नल्याएकोरुके सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?