सामाजिक सञ्जाल

कोरोना संक्रमण रोक्न अब मेयर/उपमेयर, वडाध्यक्ष/वडा सदस्यको भूमिका थप महत्वपूर्णः गगन थापा

२१ चैत, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कोरोना संक्रमणको संकट बढेमा ७५३ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, ६७४३ वडाका वडाध्यक्ष, वडा सदस्यहरुको भूमिका महत्वपुर्ण हुने विचार राखेका छन् । उनले हिजो साँझ फेसबुक लाईभ गर्दै लक डाउनको ११ दिन भईसकेको अवस्थामा भात भान्सा चलाउन नसक्ने, ओषधि खरीद गर्न नसक्ने नागरिकको अभिलेख राखी राहत उपलब्ध गराउनुपर्ने बताएका छन् । उनले कतिपय बिरामीले लकडाउनका कारण औषधि किनेर खान नसक्ने अवस्था भएको तर्फ ध्यान दिनुपर्ने बताए । उनले कतिपय स्थानीय तहले नागरिको घर घर गएर बाहिरबाट आउनेहरुको अभिलेख राख्ने लगायतका कामहरु गरेर स्थानीय तहले विवरणहरु संकलन गर्ने महत्वपूर्ण काम गरेको भन्दै संसार पहिलेजस्तो नहुने बताएका छन् ।

नेता थापाले २५ गतेपछि लक डाउन के हुने भन्ने कन्फर्म नभएपनि सीमानाहरु कयौं महिनासम्म बन्द हुने अवस्थामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । उनले स्थानीय तहलाई जोखिम भएका, क्वारेन्टायनमा राखेकाहरुलाई बढीभन्दा बढी चेकजाँच गर्नुपर्ने बताएका छन् । उनले संघीय सरकारले स्थानीय सरकारलाई दिएको जिम्मेवारी अनुसार उसले संकलन गरिएका घरधुरीका बिबरणहरुलाई मध्यनजर गर्दै संकट आए गाउँ वा जिल्लामात्र लक डाउन गर्दा पनि आपतकालीन अवस्थाको तयारीमा लाग्न तयार रहनुपर्ने बिचार ब्यक्त गरेका छन् । उनले संकट बढे शुन्यबाट काम थाल्ने अवस्था नआउनेगरी सबैले काम गर्नुपर्ने बताएका छन्। आफूले धेरै जान्ने भनेर उक्त सल्लाहरु नदिएको भन्दै आफूले बिभिन्न साथीहरुसँग भएको छलफलबाट आएको अनुभवलाई कर्तब्य सम्झेर बाँडेको बताए ।
नेता थापाले एकजनामा कोरोना भाईरसको संक्रमण भएमा त्यसले सयौंलाई सार्ने कन्फर्म भएको हुँदा त्यसको परीक्षण गर्ने उपकरण र कीटमात्र तयार भएर केही नहुने हुँदा संकास्पद ब्यक्त्रीहरु खोजेर बढीभन्दा बढी खोज्ने काम गर्नुपर्ने बताए । संक्रमित भेटिएपछि तत्काल उपचारक ाला ि स्वास्थ्यसंस्थाहरु तयारी हालतमा राख्नुपर्ने, र्यापीड रेस्पोन्स टिम बनाउनुपर्ने कार्यहरु स्थानीय तहले हेर्नुपर्ने उनले बताए। न्यूनतम पीपीई नपाएकोले कतिपय स्थानमा लक्षण देखिएपनि परिक्षण गर्न नसकिएका घटनाहरु अँएको उदाहरुणहरु मध्यनजर गर्दै त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरामा स्थानीय तहले आगामी आउने दिनका चुनौती हेरेर अगाडी बढ्नुपर्ने बताए ।