सामाजिक सञ्जाल

नेता गुरुगंको टिप्पणीः सरकारले स्वास्थ्य उपकरण खरिदको जिम्मा सेनालाई दिएर भ्रष्टाचारको चोरबाटो अपनायोे

चैत्र २१ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुगंले सरकारले स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको प्रति पिप्पणी गरेका छन् ।

सरकारले स्वास्थ्य उपकरण चीनसँग जी–टु–जी कन्ट्र्याक्टमा ल्याउने कार्यमा सेनाको संलग्नता किन भन्दै प्रश्न गरेका छन् । सेनाले चीनबाट स्वास्थ्य उपकरण लिने विषयमा नेता गुरुगंले के सेना चीनमा युद्ध लड्न जाने हो र भन्दै व्यंग्य गरेका छन् ।

उनले नेपाली सेनालाई जिम्मा दियो भने अख्तियार नलाग्नाले सरकारले भ्रष्टाचारको चोरबाटो अपनाएको टिप्पणी गरेका छन् ।

 

गुरुगंको ट्वीटः कोरोना भ्रष्टाचार काण्डः सरकारले स्वास्थ्य उपकरण चीनसँग जी–टु–जी कन्ट्र्याक्टमा ल्याउने कार्यमा सेनाको संलग्नता किन @hello_sarkar ? चीनसँग युद्व लड्न जाने हो र ? भ्रष्टाचारको लागि चोरबाटो ? जहाँ अख्तियार लाग्दैन । बिपरित काले बिपरित बुद्धी ?