सामाजिक सञ्जाल

महामारीको वेला करोडौंको भ्रष्टाचार गर्ने अपराधी हुन्, अख्तियारले कारबाही गर्नैपर्छ: नेता गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसंधान आयोगले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गर्नेहरुबिरुद्ध कारबाही नगरे वा सुनपानी छर्कने काम गरे नेपाली जनताले कर नतिर्ने बताएक छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै महामारीको वेला करोडौंको भ्रष्टाचार गर्नेहरु अपराधी भएको बताएका छन् ।

नेता गुरुङले अपराधिक कार्यमा संलग्न जुनसुकै आहोदाको भए पनि अदुअआले छानबिनको दायरामा ल्याउनै पर्छ भनेका छन् । नेता गुरुङले विगतका काण्डहरुमा जस्तै सरकारकै आदेश पालक बन्यो भने जनताले राम्रो नमान्ने उनको तर्क छ ।

उनको स्टाटस्ः महामारीको वेला करोडौंको भ्रष्टाचार गर्नेहरु अपराधी हुन्। अपराधिक कार्यमा संलग्न जुनसुकै आहोदाको भए पनि अदुअआले छानबिनको दायरामा ल्याउनै पर्छ। विगतका काण्डहरुमा जस्तै सरकारकै आदेश पालक बनेर अदुअआले अपराधीलाई सुनपानी छर्कने हो भने जनता ल्य तबह उबथष्लन आन्दोलनमा जान बाद्य हुनेछन्।