राजनीति

अनलाईनमा मन्त्रीका छोरा संलग्न भएको भन्ने समाचार हटाएकोमा काँग्रेसको आपत्ती

चैत्र २०, काठमाडौं । काठमाडौं प्रेसको वेबसाईट ह्याक गरेको प्रती कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतको ध्यानाकर्षण भएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर महतले प्रेस बक्तब्य जारी गर्दै वेबसाईट ह्याक प्रकरणमा आफ्नो पार्टीको गम्भीर र आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

उनले प्रेस ब्यक्तब्यमा भनेका छन ‘काठमान्डु प्रेस नामक अनलाइन पत्रिकाले चीनबाट मेडिकल सामान खरिदका विषयमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ रहेको भन्ने सामाचार प्रकाशित गरेको बिषयलाई लीयर सत्ताक़ो दबावमा वेब डेभलपरले समाचार पोर्टलभित्र गएर प्रकाशित समाचार हटाएको बिषय प्रती हाम्रो गम्भिर ध्यान गएको छ।’

कांग्रेस सहमहामन्त्री महतले यस्तो कार्यले प्रेस स्वतन्त्रता माथी आक्रमण भएको जिकिर गरे। उनले यो कार्यले चिनबाट स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको समेत पुष्टि गर्ने भन्दै यसको निस्पक्ष छनबिन गर्न सम्बन्धि निकायलाई आग्रह समेत गरेका छन्।