आर्थिक

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जनगर्दै आएका श्रमीकहरुलाई राहत स्वरुप महा लक्ष्मी विकास बैंकले चार लाख बराबरको खाद्यान्न सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

उक्त खाद्यान्न बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापनगर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषमपरिश्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।