आर्थिक

कोरोना भाईरस नियन्त्रण कोषमा आयल निगमको ५० करोड सहयोग, अहिलेसम्मकै बढी

काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण बिश्व नै आक्रान्त बनिरहेका बेला नेपाल सरकारले उपप्रधान तथा रक्षा मन्त्री ईशवर पोख्रेलको संयोजकत्वमा बनाएको कोरोना भाईरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा नेपालय आयल निगमले ५० करोड सहयोग गर्ने बताएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको आयल निगमले बताएको छ । ४७ हजार भन्दा बढी मानिसको मृत्यु भएको भन्दै आयल पिनगमले यसको नेपालमा स्थापना भएको कोषमा अरु नागरिकहरुलाई पनि सहयोग गर्न आग्रह गरेको छ ।

यो नेपाल सरकारको उक्त कोषमा अहिलेसम्मको सबै भन्दा बढी सहयोग रकम हो ।