राजनीति

गगनको आह्वानः स्वास्थ्य सामाग्री खरिद अनियमितताका दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्ब स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं भन्दै तीन करोड नेपाली जनतासमक्ष आह्वान गरेका छन् । उनले ट्वीट गर्दै महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य ! भन्दै कुनै हालतमा अनियमीतता गर्नेहरुलाई कारबाही गराएरै छाड्ने दाबी गरेका छन् ।

नेता थापाले आफूहरु दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं। भन्ने जनतालाई आश्वासन दिँदै दोस्रोपटकको लकडाउन सकिएपछि के गर्ने भन्ने प्रश्न गरेका छन् । उनले सरकार! चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के ? भनेका छन् ।

उनको ट्वीटः

महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य !
स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं।
दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं।
संगैमा यो प्रश्न पनि गरौं –
सरकार! चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के ?