सामाजिक सञ्जाल

सधैं मन्त्री, कर्मचारी र बिचौलिया भ्रष्टाचारमा पर्ने हो बिचार गर्नुहोस्ः नेतृ झाँक्री

काठमाडौं । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले भ्रष्टचारमा संम्लग्न जो कोहिले पनि छुट्कारा नपाउने भन्दै सचेत रहन सुझाव दिएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेतृ झाँक्रीले मेहनत बिना कमाईखाने बिचौलिया, नितीगत निर्णयको आदेश गर्ने नेतृत्वहरु बच्ने र प्रक्रियाको कागजमा दस्तखत गर्नेहरुबाट नै आजसम्म भ्रष्टाचार हुने गरेको बताईन ।

आजसम्म ठुलो भ्रष्टाचारमा मन्त्री, नेता देखी बिचौलीया, कर्मचारीहरु नै देखिने गरेकोले सचेत रहन सुझाव दिईन ।

कानुनले बित्तिय उत्तरदायीत्व सुम्पने व्यक्तिले यस्तो कुरामा ध्यान पुर्याउनु पर्नेमा जोड दिँदै भ्रष्टाचार नगरि आफ्नो जिम्मेवारी ईमान्दीरइताका साथ निभाउन आग्रह गरेकी छिन् ।


उनको ट्वीटः मेरो सुझावस्मेहनत बिनाको कमाई खाने बिचौलिया,नितीगत निणर्यको आदेश गर्ने नेतृत्वहरू बच्ने र प्रक्रियाको कागजमा दस्तखत गर्नेहरू नै भ्रष्टचारमा जाकिएका छन आजसम्म । कानुनले बित्तिय उत्तरदायित्व तपाईलाई सुम्पेको छ । त्यसैले बिचार पुराउनुस कर्मचारी मित्रहरू१ लँगौटी राम्रोसंग कस्नुस । फूस्केला ।