सामाजिक सञ्जाल

रक्षामन्त्रीप्रति रिजालको कटाक्षः दोष अरुमाथि थोपारेर पानीमाथिको ओभानो नबनौं

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल आफ्नो गैरजिम्मेवार अभिव्यक्तिका कारण विपक्षी दल मात्रै नभई आफ्नै पार्टीका नेताबाट पनि आलोचीत बनेका छन् । कोरोना नियन्त्रण सम्बन्धी उचस्तरीय समितिका संयोजक समेत रहेका पोखरेलले एक पत्रिकामा दिएको अभिव्यक्तिलाई लिएर नेकपाका नेता विष्णु रिजालले बिरोध जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता रिजालले जिम्मेवार ठाउँमा बसेकाहरूले सञ्चारमाध्यममा बोल्दा ओठे जवाफ नभई तर्क संगत बोल्नुपर्ने सुझाव दिएका छन् । साथै एक जिम्मेवार व्यक्तिले बोल्ने संवाद नागरिकको भएकाले जिम्मेवार भएर बोल्न सुझाएका छन् ।

पत्रिकाको अन्तवार्तामा चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीमा व्यापक भ्रष्टाचार भएको र गुणस्तरहिन भएपछि सम्झौता रद्ध गरियो भन्ने प्रश्नमा स्वास्थ्य सेवा विभागको डाइरेक्टरसँग सोध्नु जस्तो गैरजिम्मेवार जवाफ दिएका थिए ।

साथै उनले सामाग्री खरिद प्रकराणमा सबै दोस स्वास्थ्य सेवा बिभागलाई दिँदै आफुभने पन्छिन खोजेको देखिएको छ । खरिद प्रक्रिया रद्ध भएपछि समितिको जिम्मेवारी र आगामी कदमको विषयमा सोधिएको प्रश्नमा गैरजिम्मेवार जवाफ दिँदै सकै दोस स्वास्थ्य विभाग डाईरेक्टरलाई थुपार्दै आफू भने बेखबर भएको जस्तो भान पारेका थिए ।

पोख्रेलको यस्तो अभिव्यक्तिको सामाजिक सञ्जालमार्फत चौतर्फि आलोचना भएको छ । नेता रिजालले ट्वीटमा यस्तो लेखेका छन्ः सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र रु निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं ।

साथै खरिद गरिएको स्वास्थ्य सामाग्री गुणस्तरहिण रहेकाले यसको भरपर्दा झनै भयावह अवस्था आउन सक्छ भनेर विज्ञहरुले चेतावनी दिएको भन्ने प्रश्नमा उनले डाक्टरहरू के–के भन्छन् मैले बुझेको छैन  भन्ने जवाफ लिएका थिए । स्वास्थ्य सामाग्री खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै चौतर्फि आलोचना भएपछि लाजकाजले बुधबार खरिद प्रकृया रद्ध गरिएको छ ।

रिजालको ट्वीटः जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जबाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ । किनकि, यो नागरिकसँगको सम्वाद हो । सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र ? निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं !