बाग्मती

लकडाउनको अटेरी गरिँदैः एकाबिहानै आठ सय वढी प्रहरी नियन्त्रणमा

काठमाडौं । पछिल्लो समय नागरिकहरुले सरकारले लगाएको लकडाउनको अटेरी गर्दै उल्लंघन गर्न थालेका छन् । उपत्यकाबाट आज बिहिवार मात्रै लकडाउन उल्लङघन गर्ने आठ सय भन्दाबढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विहिबार विहान ८ बजेसम्म ६ सय ५० भन्दाबढि पुरुष र एक सय ५० जना महिलालाई नियन्त्रणमा लिएर संक्रमणबारे सचेतना दिएको जनाएको । उनीहरुलाई प्रहरीले सडकमा डोरीले बनाएको ९खुला हिरासत०होल्डिङ क्षेत्रमा राखेको जनाएको छ ।

त्यस्तै प्रहरीले १ सय ४० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ। गत सोमबारदेखि नै प्रहरीले दैनिकरुपमा त्यसरी घर बाहिर निक्सनेलाई नियन्त्रणमा लिदै आएको छ । उनीहरुलाई पहिलो दिन दुई घण्टा नियन्त्रणमा राखेको प्रहरीले अहिले तीन घण्टा नियन्त्रणमा राखेर उभ्याउदै आएको छ ।

प्रहरीले घण्टौ नियन्त्रणमा राख्दापनि लकडाउनको नियम तोड्ने सर्वसाधारण भने दैनिक रुपमा बढ्दै गएका छन् । सरकारले चैत २५ गतेसम्म लकडाउन कायम राखेको छ ।