सामाजिक सञ्जाल

स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यमा सरकारकै नेतृत्वः प्रदीप पौडेल

चैत्र २० काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता पौडेलले मुलुक यतीबेला कोरोना संकटको जोखिमबाट गुर्जिरहेका बेला सरकारकै संलग्नलामा यस्तो अमानविय कार्य हुनु दुखःद भएको बताए । संकटको यस्तो घडिमा सरकारबाट गरिएको यस्तो हर्कतपछि जनताले सरकारलाई विश्वास गर्ने ठाउँ नै नरहेको उनको भनाई छ ।

नेता पौड्लले यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ ? भन्दै उनले प्रश्न गरेका छन् । यस्तो पीडादायी अवस्थामा सरकारबाटै भएको चरम भ्रष्टाचारको कडा प्रतिवाद गर्न जरुरी रहेको उनले बताएका छन् ।

साथै नेता पाडैलले सबैतिरबाट बिरोध भएपछि र पोल खुलेपछी लाजगाजका कारण सरकारले खरिद प्रकृया रद्ध गरेको बताए । उनले आफ्नो ट्वीटमा अगाडी लेखेका छन्ः यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ । हिजो सम्म प्रम र स्वास्थ्यमन्त्रि यसका बारेमा जवाफ दिन आबश्यक ठान्दैनथे ।

उनको फेसबुक स्टाटसः हामी यतिबेला मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकटग्रस्त अवस्थामा बाँचिरहेका छौं । तर,स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको छ । सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरेको छ । यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ । हिजो सम्म प्रम र स्वास्थ्यमन्त्रि यसका बारेमा जवाफ दिन आबश्यक ठान्दैनथे । संकटको यो घडीमा सत्ताबाट गरिएका यी हर्कत असहयै र पिडादायी छन् । यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ ? यस्तो अबस्थामा यसको कडा प्रतिवाद जरुरी छ ।