राजनीति

सीमामा अलपत्र नेपालीहरुको व्यवस्थापनमा कसैको आदेश चाहिँदैन तत्काल विशेष क्वारेन्टाईनमा राखौंः प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजि श्रेष्ठले सीमामा अलपत्र परेका नेपालीको व्यवस्थापनमा कसैको आदेश नचाहिने भन्दै तत्काल विषेश क्वारेन्टाईनमा राख्न निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत प्रवक्ता श्रेष्ठले सीमामा नेलाीहरु अलपत्र अवस्थामा रहेका भन्ने समाचार आईरहेको भन्दै त्यो कुरा सत्य भए नेपालीहरुको त्यस्तो अवस्था हुनु अमानवीय, गैरजिम्मेवार र दुखको कुरा भएको भन्दै तत्कान उनिहरुको व्यवस्थापनमा लाग्न निर्देशन दिए ।

प्रवक्ता श्रेष्ठले  बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने बताए । साथै यस्तो कुरा सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको हुन नसक्ने बताए ।

उनको ट्वीटः नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखःद हो । उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन । तत्काल बिषेश क्वारानटिनमा राखौं । बिदेशमा रहेका लाखौलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन । सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेकोरुहुनै सक्दैन ।