सामाजिक सञ्जाल

केसीको प्रश्न ? भ्रष्टाचारको बिस्कुन हाल्ने तपाईंहरूचाहिँ शिद्ध, भ्रष्टाचारलाई भ्रष्टाचार देख्ने जनताचाहिँ गिद्द ?

काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिँह केसीले भ्रष्टाचारको बिस्कुन हाल्ने तपाईंहरूचाहिँ शिद्ध, भ्रष्टाचारलाई भ्रष्टाचार देख्ने जनताचाहिँ गिद्द ? भन्दै सरकारलाई कडा प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सभापती केसीले मन्त्रीले जनतालाई गिद्ध देखेको भन्दै यस्तो प्रश्न गरेका हुन् । साथै उनले सरकारले शंकटको समयमा समेत नछाडेको गिद्दे प्रवृत्तिको स्वीकारोक्ति त होला भन्दै मन्त्रीले त आफ्नो टिमका मान्छेहरूलाई गिद्द देखिसके भने जनताले के देख्ने भन्दै प्रश्न गरे ।

कोरोना माहामारीले मुलुक संकटमा रहेका बेला भ्रष्टाचार गर्ने सिद्ध भ्रष्टचारको बिरोध गर्नेलाई गिद्ध देखेको भन्दै बिरोध गरेका छन् ।

नेता केसीले कोरोना भाईरस स्वास्थ्य सुरक्षा सामाग्रिमा स्वास्थ्यमन्त्रीले चरम भ्रष्टाचार गरेको भन्दै अरुलाईपनि गिद्ध नै देख्नु स्वभावीक भएको टिप्पणी गरे ।

 

केसीको फेसबुक स्टाटसः ……………… मन्त्री नेकपाभित्रका शालीन र मृदुभाषी व्यक्तिका रूपमा चिनिन्थे । एउटै अभिव्यक्तिले उनको त्यो शालीनता स्खलित भयो र व्यक्तित्व गर्ल्याम्म ढल्यो । चीनबाट Testing kits र medical equipments   खरिदमा भएको आर्थिक अनियमिताका सम्बन्धमा उनका अभिव्यक्ति हतोत्साह र छटपटीको परिणति शिवाय केही हुन सक्दैन । हो, गिद्दले गीत गाउँदैन, फूल देख्दैन र सिनो मात्रै देख्छ । जनताको पनि यही सिनो मात्रै देखेको आरोप हो । गिद्द चाहिँ मन्त्रीजीले कसलाई देखेका हुन् ? पक्कै आफूहरूलाई नै त होला । शंकटको समयमा समेत नछाडेको गिद्दे प्रवृत्तिको स्वीकारोक्ति त होला । मन्त्रीले त आफ्नो टिमका मान्छेहरूलाई गिद्द देखिसके भने जनताले के देख्ने ? यसो होइन र उनले जनतालाई गिद्द देखेका हुन् भने प्रश्न फेरि उनैलाई । महामारीले बिच्छ्याएको मृत्युको तन्नामा भ्रष्टाचारको बिस्कुन हाल्ने तपाईंहरूचाहिँ शिद्ध, भ्रष्टाचारलाई भ्रष्टाचार देख्ने जनताचाहिँ गिद्द ?