राजनीति

डा भट्टराईको प्रश्न : राजीनामा दिएपछि/ठेक्का रद्द गरेपछि मन्त्री/कर्मचारी/न्यायधीश सजिलै चोखिने?

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईलेठुलो भ्रष्टाचारकाण्डमा राजीनामा दिएपछि/ठेक्का रद्द गरेपछि मन्त्री/रकर्मचारी/सचिब सजिलै चोखिने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

उनले विभिन्न भ्रष्टचार लगाएतका काण्डमा भ्रष्टाचारीहरुले नयाँ विधि अपनाईरहेको बताए  । पछिल्लो समय ठुलो–ठुलो भ्रष्टाचारको काण्ड गरेपनि भ्रष्टाचारीहरु कुनै सजाय बिना सजिलै उम्कने प्रबृत्ति बढेको भन्दै माफि माग्दैमा छुट्कारा मिलेको प्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले विभिन्न वरिष्ठ व्यक्तिहरुले भ्रष्टाचार गर्दै राजिनामा दिएर, जग्गा फिर्ता गरेर, सम्झौता भंग गरेर भ्रष्टाचारबाट चोखिने गरेको भन्दै कटाक्ष गरेका छन् ।

उनले आफ्नो ट्वीट मार्फत सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी सम्झौता भंग गरेर चोखिने, सुरक्षाप्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने ! ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता र न्यायाधीश चोखिने ! यही हो कँणहरूको नयाँ विधिशास्त्र हो ? भन्दै प्रश्न गरेका छन्  ।

उनको ट्वीटः सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्रीरकर्मचारी सम्झौता भंग गरेर चोखिने ! सुरक्षाप्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने ! ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेतारन्यायाधीश चोखिने ! यही हो कँणहरूको नयाँ विधिशास्त्ररु !