पु.समाचार

धनराजका जंगीएः ओम्नीमात्र, दराजमा थन्क्याएर सेटिङमा ठेक्का दिनेहरु कालोसुचीमा पर्दैनन् ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङंले स्वास्थ्य मन्त्रालयले माहामारीको समयमा चीनबाट औषधि खरीद गरेर ल्याउने ओम्नी ग्रुपलाई कारबाही गरेपनि अनि खरिद प्रक्रिया २ महिनासम्म मन्त्रालयको दराजमा थन्क्याएर सेटिङमा ठेक्का दिनेहरु कालोसुचीमा पर्दैनन् ? भनी प्रश्न गरेका छन्। हिजोमात्र मन्त्रालयले मिडियाको ब्यापक दबाबपश्चात अत्यन्तै महँगोमा खरीद गरेका स्वास्थ्य सामाग्री खरिद गर्न ओम्नी ग्रुपसंग गरेको सम्झौता खारेज र धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकारले अस्तिसम्म सम्झौता ठीक भएको र सामाग्रीहरु सम्झौता बमोजिम नै भएको दाबी गरिएको भएपनि हिजो भने कम्पनीले ठगेको बताएको थियो । मन्त्रालयले ओम्नी ग्रुपलाई कालो सूचीमा राख्ने निर्णय गरेपछि गुरुङंले सेटिङमा गलत तरिकाले ठेक्का दिनेहरुलाई पनि कालो सूचीमा राख्नुपर्ने बताएका छन् ।

उनले स्टाटस्ः

‘कोरोना भ्रष्टाचार काण्ड’
सेटिङमा ठेक्का लिने ओम्नी कालोसुचीमा परेछ। अनि खरिद प्रक्रिया २ महिनासम्म मन्त्रालयको दराजमा थन्क्याएर सेटिङमा ठेक्का दिनेहरु कालोसुचीमा पर्दैनन्रु #यमराज