अन्तर्राष्ट्रिय

सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु

एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वासाधारणको मृत्यु भएको छ ।

सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्क्दिाँ सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।