राजनीति

रवीन्द्र भावुक हुँदै भन्छन्: बिश्व नै पीडामा भएको बेला भ्रष्टाचार गर्नेलाई पाप लाग्छ/लाग्छ

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कोरोना संक्रमणका कारण बिश्व नै आक्रान्त र देशको पीडा अत्यन्तै नाजुक अवस्थामा हुँदा पनि कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थय मन्त्रालयमार्फत ल्याईएका ओषधि लगायतका स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार हुनु आश्चार्य रुपमा लिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो अवस्थामा पनि सीमा नाघेर भ्रष्टाचार गर्नेलाई निश्चित रुपमा पाप लाग्ने भन्दै उहिले देउता चोर्नेहरूलाई, अहिले श्राप लागेको उदाहरण दिएका छन् ।

संयोजवक मिश्रले धार्मिक भाषामा मानवता भन्दा पनि माथी उठेर पाप गर्नेहरुलाई कुनै हालतमा पाप लाग्ने त्यो आज वा भोली जहिल्ये पनि हुन सक्ने बताएक छन् । उनको धर्मलाई पनि अलिकति सम्झनतिर सकेत गरेको ट्वीटको आसय छ ।

केहीबेर अगाडीमात्र स्वास्थय मन्त्रालयले चीनबाट औषधी ल्याउन अनुमति पाएको ओम्नी ग्रुपसँगको सम्झौता खारेज गरेको छ । यसअघि नै साझा पार्टीका प्रदेश साँसद रमेश पौडेलले अख्तियार दुरुपयोग अनुसंधान आयोगमा चीनबाट स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्चाचारको छानबिन गर्न मुद्धा हालेका थिए । त्यसको केहीबेरमा नै संयोजक मिश्रले भावनात्मक ट्वीट गरेका छन् ।

 

उनले नैतिकता नालीमा डुबेकाुहरूको हालिमुहाली भएपछि केही नलाग्दो रहेछ भन्दै चिन्ता ब्यक्त गरेका छन् । अब केही नै भन्न बाँकी नरहेको उनको निष्कर्ष पनि छ ।

 

संयोजक मिश्रको ट्वीट्ः देश यस्तो पीडामा हुँदा पनि भ्रष्टाचार! जति शंकाको लाभ दिए पनि ‘नैतिकता नालीमा डुबेका’हरूको हालिमुहाली भएपछि केही नलाग्दो रहेछ। अब भन्न बाँकी के नै छ र !

हेर‘
पाप त एक दिन लाग्छ, लाग्छ,
कि आज लाग्छ,
कि भोलि लाग्छ,
देखेनौ तिमीले ?
उहिले देउता चोर्नेहरूलाई,
अहिले श्राप लागेको छ।