कृषि

कालीमाटी तरकारी बजारमा देखिएको भीड हटाउन नेता जोशीको माग

काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले कालीमाटी तरकारी बजारमा देखिएको भिडले अत्तालिनुपर्ने स्थिति सृजना गरेको बताएका छन्। लगभग १ पटकमा १००-२००को संख्यामा तछाडमछाड गर्दै तरकारी बेच्न र किन्न हिँडेको भीडले गर्दा भोलीको दिनमा समस्या आउन नसक्ने हुँदा सम्बन्धित पक्ष बेलैमा सचेत हुनुपर्ने बताए ।

उक्त भीडभाडबाट स्थानीयहरु बढी आक्रोशित र आतंकित हुनु स्वभाविकनै भएको हुँदा त्यसको रोकथाम अनिवार्य भएको नेता जोशीको तर्क छ ।

उनले तरकारी बजारलाई दुईभागमा बिभाजित गरेर एकपटकमा २५ जना पठाउने दूरी कायमगर्ने, तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनीवार्यरुपमा लगाउने र स्यानिटाइज गर्ने, तरकारी किन्न जानेहरुलेपनि पञ्जा माक्स र स्यानिटाइज गर्ने, तरकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी, साबुन र स्यानिटाइजको व्यवस्था गर्ने र समदूरीका निम्ति रेखा कोर्ने कार्य तुरुन्त कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।