पु.समाचार

स्वाथ्यमन्त्रीले खरिद गरेका सामाग्री महँगो र गुणस्तरहीन हुनुले रुवायो

चैत्र १९ काठमाडौं /शोभा रावत। कोरोना भाईरस कोभिड १९, ले यतिबेला विश्वलाईनै आक्रान्त पारेको छ । करिव दुई सय मुलुकमा फैलिएको यो घातक भाईरस संक्रमणले बुधबारसम्म बिश्वभर ४२ हजार भन्दा वढीको ज्यान लिईसकेको छ, भने ८ लाख भन्दा वढीलाई संक्रमीत पारेको छ ।

चीनको उहान सहरबाट फैलन सुरु गरेको यो भाईरसले हाल धेरै मुलुकमा माहामारीको रुप लिएको छ । पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा धेरै स्रक्रमित र मृत्युमा ईटलीपछि चार हजारको ज्यान लिईसकेको छ । कोरोना संक्रमीतको सङ्ख्यामा आजसम्म आईपुग्दा अमेरिकाले चीनलाई झण्डै तेब्बर अंकले उछिनिसकेको सकेको छ ।

कोरोनाका कारण अहिले विश्वनै संकटबाट गुर्जिरहेको छ । यो भाईरसले कुनै एउटा टोल, गाँउ, जिलला, प्रदेश, देशवा माहादेशलाईमात्र नभई विश्वलाई छोएको छ । विश्वमा हजारौंको ज्यान लिँदै त्रास फौल्याएको कोरोनाले पुरा विश्वको अर्थतन्त्रमा नराम्रोसंग असर गरेको छ ।

यतिबेला विश्वका उद्योग, कलकारखाना, शैक्षिक संस्था, व्यवसाय, यातायात लगायत विश्वनै ठप्प छ । कतिपय स्थानमा उद्योग, कलकारखाना, व्यवसाय, बैंक लगायत ठप्प भएपछि आफ्ना कर्मचारीलाई बे तलबी बिदा दिएका छन् । जसका कारण कामगरी खाने कामदारहरुको दैनिक जिवन निकै कष्टकर बनेको छ । एकातिर कोरोनाको त्रास त छँदैछ अर्कोतिर पेट भोको हुने समस्या, मजदुर जनता डबल तनावमा छन् । परिवारको पेट केगरी पाल्ने हो भन्ने कुराले पनि सबैलाई चिन्तित बनाएको छ ।

यस्तै कोरोना संक्रमण फैलने त्रासका कारण विभिन्न देशले कतै लकडाउन त कतै संकटकाल लगाएका छन् । सीमानाकाहरु, हवाई यातायातहरुपनि पुर्ण रुपले ठप्प छन् । विश्वमा कोरोनाले आक्रान्त रुप लिन थालेपछि अन्ततः नेपाल सरकारले लगाएको लकडाउनमा कडाई गरेको छ ।

पुरै देशलाई लकडाउन गरेको छ भने सीमानाकाहरु पुर्णरुपमा बन्द गरिएका छन् । यसका बाबजुत सरकारको केही लापरबाहिका कारणले गर्दा नेपालमा कोरोनाका कारण कसैले ज्यान न गुमाएपनि केही संक्रमीत भने देखिएका छन् । हालसम्म ५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमीत मध्ये एकजनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमीतहरु सबै बाह्य मुलुकगएर आएका नेपाली नागरिक रहेका छन् । संक्रमीत चार जनाको अहिले उपचार भईरहेको छ । सरकारले समयमै सर्तकता अपनाएको भए आज कोहि पनि संक्रमीत हुँदैन थिए कि । सीमानाकामा बेलैमै कडाई र एएरपार्टमा लालपरबाही नगरेको भए संक्रमण फैलदैन थियो भन्ने तर्क गर्नेहरुको पनि कमी छैन ।

छिमेकी मुलुक भारतसंगको खुल्ला नाकाका कारण पनि भारतमा गएका नेपाली बिना चेकजाँच नेपाल प्रवेश गरेको कारण पनि नेपाल झनै कोरोनाको उच्च जोखिममा परेको छ । भारतमा मजदुरी गर्न गएका नेपालीबाट संक्रमण आउन सक्छ भन्ने आशंका छ ।
नेपालीको उद्दारमा सरकारले संयमता अपनाउन जरुरी थियो । राम्रोसंग परिक्षण गरेरमात्रै नेपाल भित्र्याएर नेपाल आएकालाई कडाईगरी क्वारेन्टाईनमा राख्न जरुरी थियो । तर जति पनि नेपाली नेपाल भित्रिए त्यस्को एकदमै कममात्र क्वारेन्टाईनमा बसेको समाचारमा आईरहेको छ, उनीहरु खुल्लाहरुपमा बाहिरै छन्, भेटघाटमा ब्यस्त छन्, त्यो राम्रो नभएको बताएपनि पहलकदमी लिईएको देखिन्न ।

यस्तै पछिल्लो समय केही संयम देखिएको सरकारले भारतसंगको सीमानाका बन्द गर्यो । तर भारतमा कामगर्ने स्थानबाट निकालीयका नेपाली भने नेपाल–भारतको सीमामा आएर अड्किएका छन् । उनीहरुको उद्दार गर्न सरकार असफल देखिएको छ । अन्य देशहरुले आफ्ना नागरिकलाई खोजि–खोजि उद्दार गरिरहेको अवस्थामा नेपाल सरकारले सीमामा कयौं नेपालीलाई भोकै मर्नका लागि छोडिदिएको छ । आफ्नो देश आउनलाई नेपालीले बिरोध गर्न परिरहेको छ ।

ज्यानको बाजी लगाएर आफ्नो देश आउन खोज्दा उनीहरुले पाईरहेका छैनन् । सरकारले भने क्वारेन्टाईनको व्यवस्था हुन नसकेको कारण नेपाल भित्र्याउन नसक्ने बताएको छ । यसबिचमा एउटा प्रश्न गर्न मन लाग्यो कोरोना संक्रमण रोकथामका लागि भनेर सरकारले छुट्याएको करोडौं रकम कहाँ गयो, रकम दिनानुदिन संकलन भईरहेको छ, ब्यापारी लगायतले दैनिक रुपमा दिईरहेका छन् ? आखिर त्यो पैसा सरकारले यस्तै कठिन परिस्थीतीमा प्रयोग गर्नका लागि नै हो छुट्याएको हो नि होइन र ? तर पनि संकलित पैसा सहि ठाउँमा प्रयोग हुन सकेन कि ?

नेपालमा अझैपनि धेरै को सङ्ख्यामा मानिस अटाउने क्वारेन्टाईन नै छैन । संक्रमितहरुको संख्या बढेमा अटाउन सक्ने क्षमताको क्वारेन्टाईन निर्माण गर्न सरकार असक्षम हुँदैछ । सरकारले तयारी गरेपनि भरपर्दाे भएके छैन । नेपालमा आज संक्रमीत न्युन छन् सरकारको यहि लापरबाहीले कोरोना संक्रमण बढेमा भोली नेपालको हालतपनि ईटली जस्तै हालत नहोला भन्न सकिँदैन त्यस्तो अवस्थामा कसरी ब्यवस्था गर्ने प्रश्न चिन्ह खडा भएको छ ?

यति भन्दैमा सरकारले केहि गरेकोे छैन भने भन्न मिल्दैन । यसअघि भारतीय सीमामा अलपत्र परेका नेपालीको उद्दार पनि सरकारले गरेको थियो, चीनबाट चार्टर्ड फ्लाईट गरेर नेपालीहरुलाई ल्याएको हो । कयौं क्वारेन्टाईनबाट व्यवस्थापन राम्रो नभएको भन्दै भाग्ने गरेको समाचार पनि आईरहेका छन् । सरकारले यो– गरेन त्यो गरेन भनेर बिरोध गरिरहँदा कतियप गल्ति हामी सर्वसाधारण जनताबाटै पनि भईरहेको छ । सरकारको बिरोध गर्नुको साटो हामीले आफुलाई पनि बदल्न जरुरी छ । जनताले पनि सरकारले लगाएको लकडाउनलाई सहर्ष स्वीकानुपर्दछ, शंका लागेमा क्वारेन्टाईनमा बस्न अनुरोध गरेको हाम्रै लागि हो भनि पुर्ण पालना पनि गर्नुपर्दछ । आजपनि देख्न सकिन्छ कतिपय व्यक्तिहरु लकडाउनको उल्लंघन गर्दै खुलेआम सडकमा हिँडिरहेका छन् । सरकारको आँखा छलेर हिँड्नेहरुले गर्दा भोली मुलुक नै संकटमा पदैन भन्न सकिन्न, बिचार गरौं ।

हिजो– आजको दिनमा नेपालको सुदूपस्थिमका जिल्लाहरुका नागरिकलाई क्वारेन्टाईनसम्म पुर्याउन निकै समस्या भएको खबरहरुपनि आईरहेका छन् । यतिमात्रै होईन वडा अध्यक्षदेखी अन्य व्यक्तिमाथि कुटपीट सम्मका घटनाहरु भईरहेका छन् । क्वारेन्टाईनमा बस्ने बाचाका साथ नेपाल प्रवेश गरेका कयौं नेपाली आज सरकारको सम्पर्क बाहिर रहेको बताईएको छ ।

संकटको यस घडिमा साबै नेपालीले यस्को बारेमा गम्भिर भएर सोच्न जरुरी छ र सरकारले गरेका कतिपय निर्णय जनताकै भलाईका लागि हो भनेर बुझ्न जरुरी छ । र जो व्यक्ति जहाँ भएपनि एकपल्ट स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोना जाँच गराउन जरुरी छ । संक्रमीत भएर आएर घरमा लुकेर वसेर घर परिवार, छिमेकी, गाउँ हुँदै सिंगो देशमा माहामारी फैलाउने काम नगर्दा नै राम्रो ।

सरकारको राम्रा कामका साथै नराम्रा काम पनि छन्, सरकारले लकडाउन गर्दा सबै नागरिकलाई घर बाहिर ननिस्कन आदेश त दियो तर दैनिक ज्याला मजुदुरी गरी खाने मजदुर, बिद्यार्थीको लागि एक छाक खान मुस्कील परेको छ । सरकारले मन्त्रीपरषद बैठक बसेर नागरीकलाई खानाको व्यवस्था गर्ने भनेर बजेट छुट्यायो तर जो वास्तवीक खान नपाएका गरिब दुखी हुन तिनीहरु समक्ष पुग्न सकेको छैन, त्यो अत्यन्तै दुःखको कुरा हो ।

यतिमात्रै होईन कोरोनाको माहामारीले मुलुक आक्रान्त बनेको बेला बजारमा कालोबजारी देखी मन्त्रीसम्म भ्रष्टाचार गर्ने मौका छोपीरहेका छन् । बजारमा मास्क, खाद्यान्न, ग्याँस जस्तो वस्तुमा चरम कालोबजारी भएको छ । सरकारले कालोबजारीगरे कारबाही गर्ने चेतावनी दिएको भएपनि कालाबजारी हुन छाडेको छैन । यस्तै स्वास्थ्य सुरक्षा सामाग्रीमा भएको बिषयमा पछिल्लो समय नेपाली राजवनीतिकबृत तातेको छ । स्वाथ्यमन्त्रीले चीनबाट खरिद गरेको सामाग्रीमा अत्यन्तै महँगो र गुणस्तरहीन भएको भन्ने समाचारले एउटा ईमान्दार नागरिकलाई रुवाएको छ ।