सामाजिक सञ्जाल

धनराजको आक्रोसः दुःख कष्ट झेल्दै मुलुक फर्किएका नेपाली भारतलाई जिम्मा लगाउनु दुर्भाग्य

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले कोरोना संक्रमण रोकथामको नाममा आफ्नो मुलुक आएका नेपालीलाई भारततिरै पठाउनु कस्तो बिडम्बना हो ? भन्दै प्रश्न गरेका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि सिमानाका बन्द गर्नु ठिक भएपनि तर अनेक कष्ट झेल्दै सिमानाकासम्म आइपुगेका नेपालीलाई नेपाल भित्र्याएर आबश्यक ब्यबस्थापन गरेर राख्नुको सट्टा सिमानाका बन्दको नाममा छिमेकी देशलाई जिम्मा दुर्भाग्य भएको तर्क गरेका छन् । नेता गुरुङले सरकारसँग जनता प्रतिको जवाफदेहिता खोइ ? भन्दै पश्न समेत तेस्र्याएका छन् ।

उनको स्टाटस्ः कोरोना संक्रमण नियन्त्रणका लागि सिमानाका बन्द गर्नु ठिक हो। तर अनेक कष्ट झेल्दै सिमानाकासम्म आइपुगेका नेपालीलाई नेपाल भित्र्याएर आबश्यक ब्यबस्थापन गरेर राख्नुको सट्टा सिमानाका बन्दको नाममा छिमेकी देशलाई जिम्मा लगाउने कस्तो बिडम्बना हो ? जनता प्रतिको जवाफदेहिता खोइ @hello_sarkar ?