सामाजिक सञ्जाल

नेता पौडेल भन्छन्ः मुलुक फर्केर आएका नेपालीलाई तिरस्कार गर्नु दुर्भाग्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सीमामा फसेका नेपालीको उद्दारका लागि परराष्टमन्त्रीको ध्यानाकर्शण गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता पौडेलले अन्य मुलुकबाट आएकाबाट नेपालीमार्फत कोरोना संक्रमण फैलनसक्ने तर्फ सचेत हुन आवस्यक भएपनि प्रवेशमा रोक लगाएर नागरिकको हक खोस्न नमिल्ने बताएका छन् ।

उनले संकटकाबेला देश सम्झेर आएका नेपालीहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्नु दुर्भाग्य भएको बताए ।

 

पौडेलको ट्वीटः धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू नेपाली हुन । उनिहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आबश्यक छ तर नागरिकलाई प्रबेशमा रोक लगाएर नागरिक हक खोस्न पाइदैन । संकटमा देश सम्झेर आएकाहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दही बन्न मिल्दैन @PradeepgyawaliK