पु.समाचार

खगेन्द्रको आक्रोसः भ्रष्टाचारमाथी भ्रष्टाचार ! क्षतीपूर्ति ढकालले बेहोर्ने हो कि ओलीले ?

काठमाडौं । बुद्धिजिवी खगेन्द्र संग्रौलाले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारमाथि थप भ्रष्टाचारहुनु दुर्भाग्य भएको बताएका छन् ।

भ्रष्टाचार हुँदै आएका करौडौंका समान नक्कली पर्नु झनै बिडम्बना भएको संकेत गरेका छन् । चीनबाट सयौँ गुना चर्को मोलमा किनेका स्वास्थ्य सामग्री त नक्कली र काम नलाग्ने पत्रु परे भन्ने बताउँदै उक्त नक्कली समानको क्षतीपूर्ति स्वास्थ्य मन्त्री भानुभक्त ढकाल वा प्रधानमन्त्री केपी शर्मा ओली कसले ब्यहोर्ने भन्ने प्रंश्न गरेका छन् ।

चीनबाट खरिद गरी लिएको स्वास्थ्य सामाग्रिमा भ्रष्टार भएको भन्दै सरकारको चर्काे बिरोध भएको छ । सरकारले भने अचानक खरिद गर्नपरेकाले महंगो भएपनि भ्रष्टचार नभएको दाबी गरेको छ ।

संग्रौलाको ट्वीट्ः हैट्, भ्रष्टाचारमाथि थप भ्रष्टाचार१चीनबाट सयौँ गुना चर्को मोलमा किनेका स्वास्थ्य सामग्री त नक्कली पो रहेछन् । सात करोडमा किनेका ७५ हजार टेस्टिङ कीट काम नलाग्ने पत्रु रे ! यी पत्रुको मोल स्वास्थ्यमन्त्री ढकालले बेहोर्ने हो कि यिनका ख्वामित् ओली सरले ? यो लुट हो, सरासर लूट !