पु.समाचार

नेपाल ग्याँसले आज विभिन्न स्थानमा ग्यास विक्रि–वितरण गर्दैः कहाँ–कहाँ बाट पाउन सकिन्छ हेर्नुहोस् ?

चैत्र १९ काठमाडौं । चीनको बुहान सहरबाट फैलिएको प्राषण्घातक भाईरस कोरोना नियन्त्रण गर्न यतिबेला नेपालमा लकडाउन लगाईएको छ । लकडाउनका कारण सर्वुाधारण समस्यामा त पररेकै छन तैपनि स्वास्थ्य सुरक्षाकालागि लकडाउन अनिवार्य पनि छ ।

लकडाउनको समयमा ग्याँसको समस्या हुन थालेकपछि नेपाल ग्याँसले आज बुधबार ग्याँस बितरण गर्दै छ । नेपाल ग्याँस उद्योगले आज बुधबार काठमाडौंका विभिन्न ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागिएको हो ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार आज बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

यस्तै ग्याँसको अभाव खड्कीन थालेपछि सरकारले विद्युतीय माध्यमबाट खाना पकाउन आग्रह गरेको छ । तर ग्यासमा नै सहज लाग्ने हुँदा सरकारको यो निर्देशन कार्यान्वयनमा आउन सकेको छैन ।