सामाजिक सञ्जाल

अध्यक्ष थापाको आग्रह: नेपालीलाई बिदेशमा शरणार्थी–मगन्ते नबनाउ सरकार

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सीमामा रोकीएका नेपालीहरुको उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता थापाले संक्रमण रोक्न सिमा बन्द गर्नु आवश्यक आवस्यक रहेको र सरकारले सहि काम गरेपनि घर फर्कन चाहनेलाई सीमामा रोक्नु गलत भएको बताएका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्ः संक्रमण रोक्न सिमा बन्दगर्नु आवश्यक थियो, सरकारले गर्‍यो ठिक हो, त्यसका वावजुद आफु बसेको ठाउंमा काम नपाएर वा कोरोनाबाट डराएर वा परिवारको जिम्मेवारी बोधगरेर घरफर्कने चाहनामा कोही सिमानामा आईपुगेको छ भने तिनलाई रोक्नु–सर्वथा गलत हो ।

साथै उनले नेपालीलाई सीमामा अलपत्र पारेर बिदेशमा शरणार्थी–मगन्ते नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अँझैपनि सीमानाकामा कयौं नेपाली भोक–भोकै अड्कीएका छन् । साथै सरकारले सीमानाका नखोल्ने जुनदेमा नागरिक फसेका छन् सोही देशको सरकारले खाना र वस्नेको व्यवस्था मिलाउने सहमती समेत जनाएका छन् ।

उनको ट्वीटः संक्रमण रोक्न सिमा बन्दगर्नु आवश्यक थियो,सरकारले गर्‍यो, ठिक हो,त्यसका वावजुद आफु बसेको ठाउंमा काम नपाएर वा कोरोनाबाट डराएर वा परिवारको जिम्मेवारी बोधगरेर घरफर्कने चाहनामा कोही सिमानामा आईपुगेको छ भने तिनलाई रोक्नु– सर्वथा गलत हो
नेपालीलाई बिदेशमा शरणार्थीरमगन्ते नबनाउ @PM_Nepal