बाग्मती

छाया मेयर जोशीको मेयर शाक्यलाई प्रश्नः काठमाडौंमा बाहिरबाट आएकाको खोइ तथ्याङ्क ?

काठमाडौ । नेपाली काङ्ग्रेसका नेता एवम् काठमाडौं महानगरका मेयर पदका उम्मेद्वार राजुराज जोशीले विदेशबाट आएका कति व्यक्ति काठमाडौंमा छन्, तिनीहरुको तथ्याङ्क जनतालाई दिदै उनीहरुको अवस्था के छ ? सार्वजनिक गर्न महानगरका मेयर शाक्यलाई आग्रह गरेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै जोशीले महानगर जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाएका छन् । उनले कोरनाका बेला जनतालाई उपभोग्य बस्तु वितरणमा सहज बनाउन समेत शाक्यलाई अनुरोध गरेका छन् । जोशीले कोरोनाका कारण कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण तर्फपनि शाक्यको ध्यानाकर्षण गराएका छन् ।

जोशीले महानगरले नागरिकलाई सहज र सुलभ हुने खालका प्याकेज घोषणा गर्नपनि शाक्यलाई आग्रह गरेका छन् । जोशी नेपाली काँग्रेसबाट गत स्थानीय तहको निर्बाचनमा नेकपा एमालेका तर्फबाट उठेका बिद्यासुन्दर शाक्यसँग पराजित भएका थिए ।