सामाजिक सञ्जाल

सँकटका बेलामा भएपनि भ्रष्टाचार गर्नेलाई अख्तियारले उन्मुक्ती दिनुहुन्नः काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले संकटका बेलामा भएपनि भ्रष्टाचार गर्नेलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले उन्मुक्ती दिन नहुने बताएको छ । काँग्रेस प्रवक्ता एबम् युवा नेता बिश्वप्रकाश शर्माले ट्वीट् गर्दै संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व दायीत्य भएपनि काँग्रेसले साथ दिरहंदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण गराएको बताएका छन् । उनले अख्तियारलाई ञस्मृति पत्रझ ! भन्दै अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर ‘

तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न ! भनेका छन् । काँग्रेसले कोरोना संक्रमण रोकथाम कोषमा ५० लाख सहयोग गरिसकेको छ भने संसदीय दलले प्रत्येक साँसदहरुको १५ दिनको तलव दिएको अवस्थामा चीनबाट स्वास्थ्य सामाग्री खरीद गर्दा भ्रष्टाचार भएको प्रश्न उठेपछि काँग्रेसको प्रतिकृया आएको हो ।

उनको ट्वीटः
अख्तियारलाई ञस्मृति पत्रझ !

‘संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व’ साथ दिरहंदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण । अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर ‘

तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न !