राजनीति

सीमामा अलपत्र नेपाली मुलुक ल्याउन नसक्ने ओली सरकार लाचारी हुनेछः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चीनबाट नेपाल आउनेलाई प्लेन चार्टर गर्ने तर नेपालको खुला सीमानाको रुपमा रहेको भारतबाट आउनेलाई सीमानामा रोक्ने कार्य गरेर सरकारले लाचारी र असक्षमता देखाएको बताएका छन् ।

उनले ट्वीट गर्दै सरकारले सीमामा अलपत्र परेका जनताको स्वास्थ र सुरक्षाको उचित व्यवस्था गरेर देशभित्र ल्याउन सक्दैन र अनेक बहाना बनाउंनु राम्रो नभएको बताएका हुन् । अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्याग गर्दैै उक्त राष्ट्बादी आक्रोश पोखेका छन् ।

ट्वीट: बिभिन्न देशले प्लेन चार्टरगरेर आफ्ना नागरिक घर फर्काईरहेका छन्। हामीले पनि चिनबाट ल्यायौं। तर, भारतमा रहेका नेपालीहरु सिमानामा रोकिनु कदापि उपयुक्त होईन। उनीहरुलाई स्वास्थ र सुरक्षाको उचित व्यवस्था गरेर देशभित्र ल्याउन सक्दैन र अनेक बहाना बनाउंछ भने त्यो सरकारको लाचारी/असक्षमता हुनेछ