बाग्मती

खाद्य उद्योगमा आगलागी, करिव दुई करोड क्षति

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड चितवन । उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गरेको सो उद्योगमा आज बिहान आगलागी भएको थियो । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।