राजनीति

रविन्द्रको आक्रोशः भन्छन् कसैलाई प्लेन चार्टड गरेर ल्याउने, कसैलाई देश पस्नै नदिने ?

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कोही नागरिकलाई प्लेन चार्टड गरेर लिन पठाउने, कोही नागिकलाई देश पस्नै नदिने ? भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा भाईरल भएको दार्चुलामा भारतबाट फर्किएका नेपालीलाई नेपाल प्रबेश गर्न रोक लगाएको बिरोध गर्दै गरेको भिडियो पोष्ट गर्दै कि गरिव र असाहयलाई कानून फरक हुन्छ? भन्ने प्रश्न सोधेका छन् ।

संयोजक मिश्रले बिरामी नै भएपनि हरेक नागरिकले आफ्नो देश फर्किन पाउनुपर्ने अधिकार भएको भन्दै देश फर्किन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको दाबी बरेका छन् । मिश्रले अन्य व्यवस्था मिलाउने जिम्मा भनेको सम्बनधीत स्थानको सरकारको भएको बताएका छन् । उनले चीनमा रहेका नेपालीलाई प्लेन चार्टर्ड गरेर ल्याएको घटनालाई जोड्दै नेपालीलाई पनि भारतीय सीमाबाट प्रबेश गर्न दिनुपर्ने बिचार राखेका हुन् ।

उनको ट्वीटः कोही नागरिकलाई प्लेन चार्टड गरेर लिन पठाउने। कोही नागिकलाई देश पस्नै नदिने ? कि गरिव र असाहयलाई कानून फरक हुन्छ?

देश फर्किन पाउनु नागरिकको नैसर्गिक अधिकार हो। विरामी नै भए नि नागरिकलाई देश फर्किन दिन्न भन्न मिल्दैन। आवश्यक व्यवस्था गर्ने जिम्मा हाम्रो हो।