पु.समाचार

वीर अस्पतालमा मृत्यु भएका दुबै जनामा कोरोना नभएको पुष्टि

चैत्र १८ काठमाडौं । आईतबार बीर अस्पतालमा मृत्यु भएकी महिलाको रिपार्ट आएको छ । कोरोना आसंकमा अस्पताल भर्ना भएकी काठमाडौं चन्द्रागिरि नगरपालीका सतुंगलकी ३४ वर्षीकी एक महिलाको आईतबार उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको रिपार्ट नेगेटिभ आएको छ, उनको मृत्यु कोरोना भाईरसका कारण नभएको पुष्टि भएको छ । उनमा कोरोनाको संक्रमण देखिएन ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनको रिपार्ट नेगेटिभ आएको वीर अस्पतालका डाक्टर विद्यानिधि पौडेलले बताए ।

उक्त महिलालाई निमोनिया भएको भन्दै अस्पताल गगिएको थियो । यस्तै सोमबार सोहि अस्पतालमा मृत्यु भएका ३५ वर्षका एक पुरुषको रिपार्टपनि नेगेटिभ आएको । उनमा पनि कोरोना नभएको पुष्टि भएको छ ।