राजनीति

नेता केसिको आक्रोसः नाकामा अलपत्र नेपालीको रक्षा गर, क्रुर र निर्लज्ज नबन सरकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले सीमामा अलपत्र नेपालीको उद्दारमा चासो नदेखाएको प्रति आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता केसिले नेपाल– भारतका सीमाहरुमा कारुणिक पीडा र दर्द बोकेर देश प्रबेश गर्न चाहने नेपालीहरूको चाहना नैसर्गिक भएको भन्दै तत्काल उद्दार गर्न आग्रह गरेका छन् ।

चीनको वुहानवाट उद्धार गरेझै, बेलायत, जर्मनी र फ्रान्सले नेपालमा फसेका नागरिकहरु फिर्ता लगेको जसरी उनले सरकारलाई नागरिकको रक्षा गर्न आग्रह गरेका छन् । विभिन्न मुलुक– नाकाहरुमा फसेका आफ्ना नागरिकको रक्षा र उद्दारगर्न भन्दै क्रुर र निर्लज्ज नबन्न सरकारलाई सुझाएका छन् ।

नाकामा फसेकलाई देश भित्र्याएर क्वारेन्टाईनमा राख्न पनि नेता केसीले सरकारलाई आग्रह गरेका छन् । आजपनि विभिन्न मुलुकरुले आफ्ना नागरिकहरुको उद्दारगरिरहेको अवस्थामा नेपाल सरकारले नाकामा अलपत्र नेपालीलाई नेपाल ल्याउनै सकेको छैन । कयौं नेपाली आफ्नो मुलुक भित्रनका लागि भोक–भोकै नाराबाजिमा उत्रिरहेका छन् ।

 

उनको ट्जीटः नेपाल–भारतका सीमाहरुमा कारुणिक पीडा र दर्द बोकेर देश प्रबेश चाहने नेपलीहरूको यो चाहना नैसर्गिक हो । चीनको वुहानवाट उद्धार गरेझै, बेलायत, जर्मनी र फ्रान्सले नेपालमा फसेका नागरिकहरु फिर्ता लगेझैँ, सरकार १ आफ्नो नागरिकको रक्षा गर क्रुर र निर्लज्ज नबन । देश भित्र्याएर क्वारेन्टाइनमा राख ।