समाचार

पर्व राज्यमन्त्रीको यस्तो उदाहरणीय कामः गरिन एक महिनाको घर भाडा छुट

काठमाडौं । विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले यतिबेला नेपाललाई पनि नराम्रोसंग असर पारेको छ । यो प्रकोपका कारण आजसम्म कसैको ज्यान नगएको भएपनि नेपाली अर्थतन्त्रमा नराम्रोसंग असर परेको छ ।

यस्तै आजसम्म यो महामारीका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार नाघिसकेको छ । दिनभरी मजदुरी गरेर साँझ खाना जुटाउने हरुलाई निकै कस्ट परेको छ भने घरभाडामा वस्ने विद्यार्थि, सानो रोजगारी गरी खानेहरुलाई घरभाडा तिर्नेदेखी साँझ–बिहानको छाक टार्न हम्य भएको छ । कोरोना माहामारीका कारण यतिबेला विश्वजगत नै ठप्प भएको छ ।

यस्तो अवस्थामा घरबेटिले घरभाडा छुट दिनु भनेको यकदमै खुसीको कुरा हो । यस्तै मनकारी एक पुर्व राज्यमन्त्री ले आफ्नो घरमा वस्नेहरुसंग एक महिनाको घरभाडा नलिने भएकि छन् । पूर्व राज्यमन्त्री तथा कांग्रेसको महासमिति सदस्य चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी हुन् । बागलुङ नगरपालिका—२ की खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् ।

उनले आफ्ना भान्जामार्फत एक महिनाको भाडा नउठाउन निर्देशन दिएकी छन् । उनको परिवार हाल अमेरीकामा वस्दै आएको छ । कोरोनाको संकट परेको बेलाथोरै भएपनि सहयोग होस् भन्ने हेतुले उनले यस्तो निर्णय गरेको बताए्की छन् । उनले आफ्नो घरमा भाडामा वस्नेहरु र पसल सञ्चालक कसैबाट भाडा नउठाउने भएकी छिन् ।

संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र १ बाट निर्वाचित तत्कालीन संविधानसभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । पतिको निधनपछिको खाली स्थानमा भएको उपनिर्वाचनबाट निर्वाचित भएपछि खड्काले गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

खड्का अहिले कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनका दुई छोरा डा . सुदिप खड्का र सुमिस खड्का अमेरिकामा रहेकाले भेटघाटका लागि उनी अमेरिका गएकी हुन् । जेठो छोरा डा . सुदिप चर्चित इबोला भाइरसको औषधि पत्ताा लगाउने टिममा समावेश थिए । अमेरिकामा अनुसन्धान गर्ने खड्काको टोली कोरोनाको उपचारको अनुसन्धानरत छ ।