राजनीति

सरकार फेर्ने माग काँग्रेसका लागि बेमौशमी बाजाः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले बर्तमान माहामारीको अवस्थामा सरकार फेर्ने वा समिति बनाउने भन्ने माग बेमौशमी बाजा भएको तर्क गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्र कुरा बताएका हुन् । नेता थापाले यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने भएको भन्दै रकारले पनि बुझोस्ः सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो, भन्ने तर्क गरेका छन् । प्रतिपक्षी दल नेपाली काँग्रेसले आवश्यत्तता अनुसार सरकारलाई कहिले सुझाव त कहिले दबाब दिनु स्वभाबिक भएको भनेका छन् । उनले संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं भन्दै आम काँग्रेस नेता कार्यकर्ताहरु जसले सरकार सहमतीय हुनुपर्छ वा समिति बनाउनुपर्छ भनेका थिए उनीहरुलाई उत्तर दिएका छन् ।

उनको स्टाटस्ः

समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा हो। यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने।
सरकारले पनि बुझोस्ः सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो । कहिले सुझाव त कहिले दबाब हो।
संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं।